प्रधानमन्त्रीद्वारा नेपाल संवतको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्।

नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुवात गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति सम्मान पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल संवत्को नयाँ वर्ष, नेपाल संवत् ११४५ को आज पहिलो दिन, यसका सुरुआतकर्ता विभूति शङ्खधर साख्वाप्रति हार्दिक सम्मान, आज नेवार समुदायमा म्हः पूजा गरिन्छ, यसले आफूप्रति गौरवबोध बढाउँछ, नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई शुभकामना।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य

हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख

राजस्व सङ्कलनको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्री पौडैलको निर्देशन

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा