५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणमा फसाइयोः गच्छदार



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास प्रकरणमा आफूमाथि दुश्मनी साँध्ने काम भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गरेको बताएका हुन् । उनले संविधानमै भएको त्रूटिका कारण यस्तो भएको भन्दै नेतृत्वलाई सच्याउन आग्रह गरे ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? भन्दै गच्छदारले मोहीको जग्गा छुट्याउने दायित्व मन्त्रीको नहुने बताए । उनले भने, ‘त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन यो विषयमा । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए । पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा उनले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चियाको भारत निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न