कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा सीता दाहालको स्वास्थ्यबारे जानकारी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार बिहान प्रचण्ड निवास खुमल्टार पुगेर वरिष्ठ नेता पौडेलले सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका हुन् । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुगेर सीताको स्वास्थ्यबारे जानकारी लिएका थिए ।
सीता लामो समयदेखि बिरामी छन् । उनको देश तथा विदेशका धेरै अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य ठीक भएको छैन ।