महन्थ ठाकुरले आयोगमा कीर्ते निर्णय बुझाएको यादव पक्षको आरोप



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षमाथि कार्यकारिणी समितिको निर्णयमा कीर्ते गरेको आरोप लगाएको छ ।

जसपाको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ति जारी गरी ९ पुसमा बसेको बैठकले कार्यकारिणी समिति पुनगर्ठनको अधिकार ठाकुरलाई नदिएको प्रष्ट पारेका छन् ।

त्यसबेला भएको निर्णयमा अध्यक्षद्वय ठाकुर र यादवले हस्ताक्षर गरेर जिल्ला समितिदेखि भ्रातृ संगठनहरुलाई समेत पठाइएको भन्दै खतिवडाले हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको बताएका छन् ।

७ पुस २०७७ मा बसेको बैठकले कार्यकारिणी समिति हेरफेरको अधिकार आफूलाई दिएको र त्यसअनुसार नयाँ कमिटी बनाएको भन्दै अध्यक्ष महन्थ ठाकुर १ असारमा निर्वाचन आयोग गएका थिए । उनले कार्यकारिणी समितिको माइन्युटको कपी पेश गरेका छन्, जसमा ठाकुरलाई पहिलो वरीयताको अध्यक्ष मान्ने, कार्यकारिणी समिति पुनर्गठन गर्ने अधिकार दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

जलवायु परिवर्तनका समस्या समाधानका लागि मिलेर काम गर्न बेलायती राजकुमारलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी

नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क