प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो एक बजे बैठक बस्दैछ ।

बैठकको सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित संसद सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन लागेपनि विश्वासको मत प्राप्त गर्ने सम्भावना क्षीण हुँदै गएको छ । अहिले प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेस र ४९ सांसद भएको माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । ३२ सांसद भएको जनता समाजवादी पार्टीले सांसदहरुलाई ह्वीप जारी नगरी मतदानका लागि स्वतन्त्र छाडेको छ ।

तर जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । तर महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति नरम देखिएपनि तटस्थ बस्ने बताएको छ । एमालेले ह्वीप जारी गरेपनि माधव नेपाल पक्ष सामूहिक राजीनामाको तयारीमा छ । यसबाट पनि विश्वासको मत प्राप्त नहुने निश्चित प्रायः छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा

राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकारः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा.शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति

ध्यान मावन जातिको कल्याणका निम्ति महत्वपूर्णः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् ।