एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने माओवादीको तयारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी आज बस्दैछ । केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका सांसदलाई कारबाही गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

जसमा ७ जना मन्त्री छन् । केन्द्रीय कमिटी बैठकको नाम दिइएको ओली समूहको बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन । शनिबार  बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो भने उनीहरुलाई फर्किने वा नफर्किने जवाफ दिन २४ घन्टे स्पष्टिकरण सोधेको थियो। । आज बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको छ ।

माओवादीले कारबाही गरेमा उनीहरुको सांसद पद गुम्नेछ । राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ मा दल त्यागसम्बन्धी व्यवस्था गरेको छ। जसको उपदफा (१) ‘ख’ मा अन्य दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने उल्लेख छ ।

दल त्याग गरेको व्यक्तिलाई सम्बन्धित दलको केन्द्रीय कमिटीले मात्रै कारबाही गर्ने व्यवस्था ऐनमा गरिएको छ । केन्द्रीय समितिले दलबाट निष्कासन गरेको जानकारी संसद सचिवालयमा दिनुपर्ने व्यवस्था गरिएको छ । संसद सचिवालयमा आएको सूचना सभामुख वा उपसभामुखले संसदमा पढेर सुनाएपछि वा संसद नचलेको अवस्थामा संसद सचिवालयले सूचना पार्टीमा टाँस गरेपछि सांसदको पद जाने व्यवस्था रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।

एमालेका अर्का नेतामाथि पनि कारबाही, नेतृत्वविरुद्ध आलोचना गरेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी पूर्वसांसद विमल कार्कीलाई कारबाही गरेको छ । नेतृत्व