कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको हो ।

जनता समाजवादी पार्टीले कांग्रेससँग छलफल गर्न समय मागेपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले जसपा नेताहरुसँग आज अपरान्ह ४ बजे बैठक राखेका छन्।

सो बैठकमा कुराकानी हुनुअघि देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् । जसपाका नेताहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सरकारलाई समर्थन गर्नुअघि संविधान संशोधन, रेशम चौधरीको रिहाई लगायतका शर्तहरु अघि सारेका थिए भने आज पनि छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,

रवि लामिछानेसँग ६० लाख धरौटी माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा आमसभा गर्ने भएको छ ।

शेखर कोइरालालाई इयान मार्टिनको प्रश्नः सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन ढिलाइ किन ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा