राप्रपाद्वारा प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधानअनुसार अध्यक्ष त्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश १ को अध्यक्षमा रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ को अध्यक्ष रामरायचन्द्र राय र महेशलाल महासेठलाई मनोनयन गरिएको छ ।

यस्तै‚ गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङ र उपाध्यक्ष महेश्वर रोक्का‚ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय र उपाध्यक्ष कैलाश गुरुङलाई मनोनयन गरेको छ । कर्णाली प्रदेश अध्यक्षमा दीपबहादुर शाही र उपाध्यक्षमा जनकसिंह ठकुरी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।