नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन



काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा गरिरहेको रिले अनसनमा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ऐक्यवद्धता जनाएका छन् ।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलका अनुसार बिहीबार दिउँसो अध्यक्ष नेपालले अनसनस्थल आएर मागहरूप्रति समर्थन जनाएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ ।

त्रिविको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन्। यस्तै नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत उनीहरूले माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका