संसद पुनःस्थापनका निम्ति पत्रकारिता जगतले खेलेको भूमिकाप्रति छाती गर्वले फुलेको छः सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भूमिका खेल्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्वपूर्ण विधि, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नको लागि कानुनको शुद्धता, पवित्रता र काननुको गुणस्तरले सबैभन्दा बढी भूमिका खेल्ने बताएका हुन् ।

कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठूला ठूला अत्याचार हुने गरेको भन्दै उनले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘तपाई हामीलाई थाहा छ त्यहाँ छिद्र भित्र पसेर धेरै ठूला कुरा हुँदा रहेछन् । एउटा कमा हुँदा र नुहुदा, ‘र’ र ‘वा’ को बीचमा कति ठूला कुरा भइराखेको हुँदा रहेछन् । त्यसरी कति ठूला अत्याचारहरु भइराखेका छन् ।’

उनले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मुल्यमान्यताहरुलाई आत्मसात गर्न खोजेको बताए । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझैपनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सभामुख सापकोटाले संसद पुनःस्थापनका निम्ति नेपाली पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेलेकाले नेपाली पत्रकारिताप्रति आफ्नो छाती गर्वले फुलेको र श्रद्धाले शिर झुकेको समेत बताए । कार्यक्रममा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सुशील पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

  जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका