अदालतको अवहेलनासम्बन्धी मुद्दामा जवाफ बोकेर प्रचण्ड सर्वोच्चमा



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

रिटमाथि माघ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने सर्वोच्चले सरकारको निर्णय बदर गरिदिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।