मेरो अभिव्यक्तिले अदालतको न्याय सम्पादनमा कुनै अवरोध गरेको छैनः पूर्वसभामुख ढुङ्गाना



काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी अभिव्यक्ति नदिएको बताएका छन् ।

सर्वोच्च अदालतमा बिहीबार उपस्थित भएर ढुंगानाले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटनका विषयमा आफूले स्वतन्त्र अभिव्यक्ति दिएको तर अदालतको न्यायसम्पादनमा कुनै पनि दबाब र अवरोध नगरेको उल्लेख छ ।

“सम्मानित न्यायलय राष्ट्रको एकमात्र गैर राजनीतिक, तटस्थ तथा विवेकी सर्वोच्च संस्थाका हैसियतमा आफ्नो विशिष्ट मौलिक पक्ष वा चरित्रका बारेमा पनि सविश्वास खुला शब्दमा दह्रो किसिमले बोलोस् भन्ने यस किसिमको मनासिव उपेक्षा पनि सादर निवेदन गर्दछु ।”

अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा अदालतको विचारधीन मुद्दामा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनामा ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेका थिए । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले गत माघ १५ गते सात दिनभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो ।

सो आदेशअनुसार पूर्वसभामुख ढुङ्गानाले सचेत नागरिकका रूपमा आफूले अभिव्यक्ति दिएको र त्यसले अदालतको अवहेलना नहुने हुँदा जवाफ दिँदै मुद्दा खारेज गर्न माग गरेका छन् ।

यसअघि उक्त विवादमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की स्वयम उपस्थित भएर लिखित जवाफ पेश गरिसकेका छन् । प्रतिनिधिसभा विघटनको विषयको विवाद अन्त्य भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ । बिहीबार

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था