संविधानविरुद्ध सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज स्वागतयोग्यः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि समाजिक संजालमार्फत प्रतिक्रिया दिँदै थापाले फैसलाले न्यायालयप्रति जनविश्वासलाई उच्च बनाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी सवैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेर २० बाट १८ झार्न संसदीय समितिको सुझाव

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ