कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्रः अध्यक्ष लोहनी



कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले राजनीतिक समस्या समाधान भएको र अब समृद्धिको युगको सुरुवात हुनेछ भनि तीन वर्ष अगाडि जनतालाई भएकोमा परिस्थिति ठिक उल्टो भएको बताए ।

उनले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको बताए । भाइमा जनताको हितको नारा र गराइ भने सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको उनले बताए ।

उनले भने, ‘भनाइमा राष्ट्रियताको कुरा छ, गराइमा लम्पसारवाद उन्मुख भएको छ । भनाइमा भ्रष्टाचार विरोधी छ, गराइ भ्रष्टाचार संरक्षणमा केन्द्रित छ । भनाइ निष्पक्ष प्रशासनको छ । गराइ हरेक तहमा पार्टीगत भागवन्डामा सीमित छ । भनाइमा संविधानको संरक्षण भनिन्छ गराइमा ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ । नारा प्रजातन्त्रको छ व्यवहार अधिनायकवाद र सर्वसत्तावाद उन्मुख रहेको छ।’

उनले राप्रपाले वोकेको लोकप्रिय ऐजेन्डा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव नेपालको पहिचान हिन्दूराष्ट्रको साथर्कता अव पहिले भन्दा पनि जरुरी भएको बताए ।

उलने संविधानमा कतै नभएको धारा प्रयोग गरि जनप्रतिनिधिमुलुक संस्था विघटन गरेपनि यसको अन्तिम फैसाल सर्वोच्च अदालतले गर्ने र त्यो फैसलाले राजनीतिक रुपमा बन्धक रहेको अवस्थावाट मुलकलाई पार लगाउने समेत बताए । सभालाई राप्रपाका केन्द्रीय नेताहरु धु्रब रायमाझी,कृष्ण चौधरी, इद्रिस मुसलमान, खनिज फतेम,जनक पाठक लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।