सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए ।

सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर अर्थात् करिब ६ अर्ब रुपैयाँ खर्च गरिने ज्ञवालीले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय गरेको छ । त्यसको जिम्मा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ ।

श्रम सम्झौतापछि नेपाली कामदार केयर गिभरको रूपमा इजरायल जानेछन् । नेपाली श्रमिकहरूले त्यहाँका कामदार सरह सेवा, सुविधा सर्त पालना गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई छ । त्यस्तै आधिकारीक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते गर्ने निर्णय गरिएको उनले बताए ।

यस्तै उनले चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले उनीहरु आएपछि थप तथ्य आउने जानकारी दिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको पनि बताए । हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा

गण्डकीमा सभामुखको कदम संविधान माथिकै ठाडो प्रहार भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति घोर निन्दा र

अशोक राई नेतृत्वको जसपालाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता