शशांक कोइराला अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

गत मंगलबार राति एक्कासी स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमा बसेका कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि कोइरालाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ्लाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशसनमै रहने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता