काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न पौडेलको माग
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गरी पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्न माग गरेका छन् ।