तपाईंहरूको यति धेरै मायाले कोरोनालाई जित्न सक्नेछु भन्ने आत्मबल मिलेको छः विनोद चौधरी



काठमाडौं । उद्योगपति विनोद चौधरीले कोरोना संक्रमण पुष्टि भएपछिका यी दुई दिनमा हरेक माध्यमबाट उत्प्रेरणा दिनुहुने सम्पूर्ण महानुभावप्रति आफू अनुग्रहित रहेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत चौधरीले तपाईंहरूको अपार माया देखेर आफू भावुक भएको भएको बताएका छन् उनले आफू अहिले घरमै आइसोलेसनमा बसेको तर कोरोनाका कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् ।

चौधरीले लेखेका छन्, ‘कोरोना संक्रमण पुष्टि भएपछिका यी दुई दिनमा हरेक माध्यमबाट उत्प्रेरणा दिनुहुने सम्पूर्ण महानुभावप्रति म अनुग्रहित छु । तपाईंहरूको अपार माया देखेर म भावुक भएको छु । अहिलेसम्म ममा कोरोनाका कुनै लक्षण देखिएका छैनन् । घरमै आइसोलेसनमा बसिरहेको छु । तपाईंहरूको यति धेरै मायाले कोरोनालाई जित्न सक्नेछु भन्ने आत्मबल मिलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना