गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्वः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताएका छन् ।

गौरा पर्वका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएको महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो संस्कृतिमा स्थानअनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम नै गौरा पर्व भएको बताएका हुन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ । विविधताबीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ । यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धितर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु” सन्देशमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा जीवनरक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छः कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई

देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा

राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकारः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा.शैल रुपाखेतीले जर्मनीका राष्ट्रपति