एमसीसीबारे धारणा तय गर्न जनता समाजवादी पार्टी आन्तरिक गृहकार्यमा
काठमाडौं । जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो पार्टीले कुनै निर्णय नगरेको बताएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् । विज्ञप्तिीमा भनिएको छ, ‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।’