मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी



काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहेका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति र बालबालिकामा कोभिड–१९ को कारणले परेको र पर्नसक्ने असर सम्बोधनका लागि कार्ययोजना बनाउने र सामाजिक संघसस्था परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई प्रदेश नं १मा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई गण्डकी प्रदेशमा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग कोरोना नियन्त्रणमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मालाई युवा खेलाडी र राहत वितरणमा स्वयंसेवकको व्यवस्थापन र परिचालनका लागि योजना बनाउने तथा कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्रदेश नं ५ को सरकारसँग कोरोनासँग सम्बन्धित विषयमा समन्वय गर्ने र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेलाई संसद्मा भएका विभिन्न राजनीतिक दलसँग कोरोना नियन्त्रणबारे निरन्तर संवाद र समन्वय गर्ने, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश नं. २ को सरकारसँग कोरोना नियन्त्रण सम्बन्धमा समन्वय गर्ने, खानेपानी तथा सरसफाइमन्त्री विना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँग कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कामका बारेमा समन्वय गर्ने जिम्मवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।