कोराना नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

चैते दसैंको उपलक्ष्यमा बुधबार शुभकामना सन्देश दिँदै उनले महामारीबाट विश्व समुदायलाई नै गम्भीर रूपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि प्रभावमुक्त रहन नसकेकाले सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एकताबद्ध भएर लाग्न आग्रह गरेका हुन् ।

धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सहभाव एवं धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन प्रेरणा मिलेको सन्देशमा उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्र संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धि रक्षा गर्दै बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका