सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सापकोटालाई बधाई ज्ञापन गर्दै नयाँ कार्याकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध प्राकृतिक भएको बताए । भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

  काठमाडौँ । संसदको अर्थ समितिको बिहीबारको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,

हामीले विश्व तापमान वृद्धिका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ, तर त्यसको मार खेप्न बाध्य भएका छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति

पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै