नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) प्रस्तावका बारेमा छलफल भएको छ ।

शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसिसी अध्ययन कार्यदलका संयोजक तथा वरिष्ठ नेता झलनाथ खनालले अध्ययन प्रतिवेदनको विवरण पेश गरेका थिए ।

बैठकमा एमसिसीसम्बन्धी विभिन्न विवरण पेश भएका र त्यसमाथि विस्तृतमा छलफल भएको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । एमसिसी सहयोगसम्बन्धी विषयमा फेरि पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले शुक्रबार मात्रै अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत

रास्वपाको संसदीय दलको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक

ओलीलाई बालेनको प्रश्नः सुकुम्बासीलाई अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले

कांगेसले भन्यो-अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ