स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन



काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली शुक्रबार प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य शुक्रबार सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको थियो ।

यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता गरनाउनुभए पनि ती उजुरी बदर गरेको र मनोनयपत्र पत्र सदर गरिएको आयोगको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई