अल्मलियो दुई तिहाईको सरकारः रामचन्द्र पौडेल



लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने बताए ।

“अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने ।

उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए ।

‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ यसमा सबैले बिवेक पुर्याउनुपर्छ’’ पौडेलले भने ।

 

नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएकोछ राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ ’’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा