बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने



लुम्बिनी । बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनीमा जारी ‘वान बेल्ट वान रोड’ नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न कार्यक्रममा आइतबार यस्तो घोष्णा गरिएको हो ।

बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानलगायत कार्य गर्ने प्रतिबद्धतासहित छ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र चीनको संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छन् होङ्ग छ्याङ्गले संयुक्त रूपमा घोषणापत्र जारी गरेका छन् ।

बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्रीबारे अनुसन्धान र प्रवद्र्धनमा विशेष जोड दिने घोषणामा उल्लेख छ ।

प्रधानमन्त्री एवं बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको सन् २०२४ मा भएको चीन भ्रमणका अवसरमा भएका सम्झौता र धारणाबमोजिम दुई देशको सम्बन्धलाई सुदृढ बनाउने घोषणापत्रमा जनाइएको छ ।

यस्तै, बौद्ध अध्ययन, पुरातत्व र संस्कृतिको संरक्षणमा प्राज्ञिक अनुसन्धान गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयमा फासियान ह्वेनसाङ्ग छात्रवृत्ति कोष स्थापना गर्न चिनियाँ पक्षबाट ३८ लाख हस्तान्तरण गरिएको छ ।

लुम्बिनीको महत्वलाई मध्यनजर गर्दै बौद्ध कूटनीति र पर्यटन विकासमा जोड दिने, प्राचिक बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका गर्दै बौद्ध परम्परागत चिकित्सा पद्धतिको विकास र सम्बद्र्धन गर्ने सेमिनारले निचोड निकालेको छ ।

‘वान बेल्ट वान रोड’ को आधारमा बौद्ध कला र संस्कृतिमा गहन शैक्षिक र सांस्कृति आदानप्रदान गर्नेसमेत घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र विचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना गरिएको थियो ।

दुईदिने सेमिनारमा बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर विभिन्न ४० वटा कार्यपत्र प्रस्तुत गरिएका संयोजक डा सागर न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादका लागि भारत सरकारबाट १५ वटा विद्युतीय सवारीसाधन सहयोग

काठमाडौँ। नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश(पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र

धनुषाको कमलाका आगलागी पीडितलाई एमाले नेताद्वारा राहत वितरण

जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ५ लक्कर नेपाली टोलका आगलागी पीडितलाई