काठमाडौँका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने



काठमाडौँ। आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि ८ दिनसम्म दिउँसो बिजुली अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

जसअनुसार आज भत्केको पुल (चाबहिल)वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार ठगी गरी फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ

फागुन १२ गतेदेखि माओवादीले जनतासँग माओवादी अभियान संचालन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु गर्ने

सामाजिक सञ्जाल कम्पनीहरुलाई नेपालमा दर्ता गर्न सरकारको आग्रह, दर्ता नगरे प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त