काठमाडौंबाट श्रोत नखुलेको ३९ लाख ७५ हजार रुपैयाँसहित चितवनका माधव श्रेष्ठ पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माधव नेपाल भन्छन्-दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको

प्रदीप ज्ञवाली भन्छन्-पूर्वराष्ट्रप्रमुख र उपप्रमुख पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित होइन

  लुम्बिनी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्ड प्यानलका सापकोटा निर्वाचित

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा विरोधसभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको