शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण



काठमाडौँ । तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केही दिन रहने जानकारीसहितको विशेष बुलेटिन नै जारी गरेको उल्लेख गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शीतलहर र हिमपातसम्बन्धी कार्ययोजना थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै प्रजिअलाई पत्राचार गरिएको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था छ । साथै तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ । कतिपय हिमाली भूभागमा हिमपात भइरहेको छ । विभागले शुक्रबार जारी गरेको शीतलहरसम्बन्धी विशेष बुलेटिनमा तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्नेभएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यो क्रम अझै केही दिनसम्म रहने जनाइएको छ ।

प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ जारी गरी कार्यान्वयन गरिरहेको छ । मौसमुविद्का अनुसार कात्तिकदेखि फागुन महिनासम्म नेपालका विभिन्न भागमा शीतलहर तथा हिमपातको प्रभाव रहन्छ । यो समयमा तराई तथा भित्री मधेसका जिल्लाहरूमा जाडोको समयमा शीतलहरको जोखिम रहने र उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा तापक्रम निकै नै घट्न गई चिसो बढ्ने र हिमपात हुने गरेको प्राधिकरणका प्रवक्ता डा भट्टराईले बताए ।

शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ मा शीतलहर, अत्यधिक चिसो र हिमपातबाट विपन्न वर्गहरू बढी प्रभावित हुने र यस अवधिमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको प्रकोप हुनसक्ने भएकाले वृद्धवृद्धा, बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगीलाई विशेष संरक्षणको आवश्यकता पर्ने शीतलहर तथा हिमपातको समयमा प्रभावित हुने क्षेत्र, जनसङ्ख्या, आवश्यक पर्ने राहत तथा उद्धारका सामग्रीहरू र गर्नुपर्ने आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजनाबद्ध कार्यढाँचा गर्नुपर्ने उल्लेख छ ।

घट्न थाल्यो तापक्रम पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो ।

शुक्रबार काठमाडौँमा अधिकतम तापक्रम २१.५ डिग्री रहेकामा आज २०.५ डिग्री मापन गरिएको छ । न्यूनतम तापक्रम पनि आज ४.८ डिग्री मापन भएको छ । यही माघ ९ गते काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६.२ डिग्री मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताए। यद्यपि अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उनको भनाइ छ । मौसमविद् पुडासैनीले भने, “केही दिनअघिको भन्दा तापक्रम घटेको छ, मुख्यगरी यसअघि माथिल्लो वायुमण्डलमा उच्च चपीय प्रणाली थियो ।

अहिले त्यो सरेर गएकाले तापक्रम घटेको हो, अबको केही दिन यस्तै रहने देखिन्छ ।” उच्च चापीय प्रणालीले तातो बढाउँछ भने न्यून चापीय प्रणालीले चिसो बढाउने उनको भनाइ छ । उनले अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव भने यथावत रहने बताए । आज उपत्यकाबाहिरका जिल्लामा पनि तापक्रम घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको

अब विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली