आफैंलाई कञ्चटमा गोली हानेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु



 

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६५ लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुछ रविद्वारा उच्च अदालतमा पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको थुनछेक आदेशविरुद्ध

सरकारले संसदको पहिलो बैठकमै अध्यादेश पेस गर्ने

काठमाडौं । सरकारले ल्याएका अध्यादेश संसद अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा

नुन र मुटु रोगको सम्बन्ध

-डा. राजेन्द्र कोजु नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल