भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु



काठमाडौं । भारतको महाराष्ट्रको जलगाउ रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।

त्यस्तै कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी र बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रेलमा आगो लागेको हल्लापछि रेलका यात्रु हामफालेपछि अर्को रेलले किच्दा उनीहरुको मृत्यु भएको हो । बुधबार साँझ रेल दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१८ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ ।

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक

तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति गरिसक्ने अब नेपाल अघि बढ्दैछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल

भारतमा रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक