सर्वोच्चद्वारा राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट खारेज, सरकारलाई कार्यान्वयनको बाटो खुल्यो



काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आइतबार उक्त रिट खारेज गर्ने फैसला गरेको हो ।

अदालतले रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

यसअघि विसं २०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि पहिलो चरणमा २८ जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले फैसलाको लिखित आदेश आउन बाँकी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हमासले छाड्यो ३ बन्धक

बीबीसी । हमासले पहिलो चरणमा आइतबार गाजामा तीनजना बन्धक रेडक्रसलाई बुझाएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरी फरार रहेका थप एकजनालाई पक्राउ

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा  सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको