रवि लामिछाने धरौटी बुझाएर रिहा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम उनी ६० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
रविको ६० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । रिहा भएपछि उनले अदालतप्रति सम्मान रहेको र देशमा न्याय नमरेको टिप्पणी गरे ।
यसअघि उनलाई जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनी त्यहाँ पनि धरौटी बुझाएका रिहा भएका थिए । उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा छ ।