रोष्टरमा रहेका नेपाली कामदारलाई लैजान दक्षिण कोरिया सकारात्मक



काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिए ।

उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो ।

त्यसैगरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, शिप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढङ्गबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ ।

मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गरेका थिए । राजदूत योङले नेपाली कामदारहरूको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताए । आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

चन्द्रपुर। रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका

झापामा सीमास्तम्भ मर्मत गरिँदै

बनियानी (झापा)- झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत