पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन



नवलपरासी । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो ।

निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उनले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

सूचना अधिकारी बोहराले बुटवल–नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको बताए । मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान उक्त खण्डमा सवारी आवागमन राकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजाको प्रश्नः परायाबाट सिर्जित वाद विवादको चक्रव्युहमा हामी किन फस्यौं ?(भिडियो)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हामी नेपालीहरु सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेको

रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी

रोष्टरमा रहेका नेपाली कामदारलाई लैजान दक्षिण कोरिया सकारात्मक

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत

दुर्गा प्रसाईंसँग अदालतले माग्यो तीन लाख धरौटी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आपराधिक लाभ र संगठित अपराध कसुरमा अदालतले