भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गे
काठमाडौं । काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । तिब्बतको दिङ्गे काउन्टी केन्द्रविन्दु बनाएर ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ । भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाडौं लगायत रामेछाप, सिन्धुपाल्चोक, धादिङ, सोलुखुम्बुलगायत तराईका जिल्लामा पनि महसुस गरिएको थियो ।