प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने सुदीप यसरी परे प्रहरी फन्दामा



काठमाडौं । प्रहरीको नक्कली इन्स्पेक्टर बनेर युनिफर्म लगाएको फोटो देखाएर ठगीमा सक्रिय रहेका दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटोसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुदीप थापा र किशोर कुमार चौधरी छन् ।

उनीहरूले उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारेर ठगी गरिरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको भन्ने उजुरीको आधारमा पुस २१ गते काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ पाचोकबाट उनीहरु पक्राउ परेका हुन् र चौधरी प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न रहेका थिए । उनले कोटेश्वरमा मार्शल प्रिन्टिङ प्रेस संचालक हुन् ।

थापा र चौधरीलाई ठगी तथा लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुको खुम्बु क्षेत्रमा निरन्तर भूकम्पको पराकम्प

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत । आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडौँ

पोखराका तालमा ५३ प्रजातिका जलपक्षी

गण्डकी। पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौ वटा तालमा गरिएको जलपक्षी गणनामा ५३

शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित

नेपालगञ्ज । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको