आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने



काठमाडौं ।  शुक्रबार राति अत्यधिक मात्रामा उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार सन् २०२५ को पहिलो उल्का वर्षा शुक्रबार राति अत्यधिक मात्रामा हुने भएको हो।

ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि शुक्रबार राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए।

शुक्रबार रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ। उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे।

प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म उल्का वर्षा हुने अनुमान छ। ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धूलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन्। यसैलाई उल्का वर्षा भनिने उनले बताए। उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

  काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति

बार अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा भाषणको अडियो झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु ।  मंगलबार विहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु