बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प



बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बैतडीसहित, बझाङ, डडेल्धुरा र डोटीमासमेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिम नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा मङ्कीपक्सको जोखिम कति ?

-डा. प्रकाश बुढाथोकी नेपालमा पुनः १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कास्कीको कोरीडाँडा

वासुदेव पौडेल, गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे,

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ