सर्लाहीको बरहथवामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



सर्लाही । सर्लाहीको बरहथवास्थित नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–९ शान्ति चोकमा गएराति उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा मङ्कीपक्सको जोखिम कति ?

-डा. प्रकाश बुढाथोकी नेपालमा पुनः १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कास्कीको कोरीडाँडा

वासुदेव पौडेल, गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे,

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ