प्रहरी कार्यालयका सहयोगी रुम्बाको हत्या आरोपमा अनुसन्धान अधिकृतसहित तीन पक्राउ



बारा । बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरी कार्यालयका सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभाग प्रहरी निरीक्षकको समेत सलग्नता भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक श्रीकान्त तिवारीसहित जीतपुर सिमरा उपमहानगरपालिका– १ मा ‘माँ इन्जिनियरिङ वर्कशप’ सञ्चालन गरी बस्ने पुरुषोत्तमकुमार दास र सोही ठाउँका इन्द्रजितकुमार चौहानलाई पक्राउ गरेको छ ।

सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र रुम्बाको पुस ६ गते शव फेला परेको थियो । हत्यापछाडि रिसइबी र लुटपाट कारण रहेको तथ्य फेला परेको छ ।

पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोभित्र गोली फेला पर्दा उनको हत्या गोली प्रहारबाट भएको पुष्टि भएको थियो । अनुसन्धानका क्रममा रुम्बाले लगाएको सुनको सिक्री दासको पाइन्टको खल्तीबाट बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रुम्बाको मनी पर्स समेत दासकै ब्यागबाट बरामद भएको छ । बाराका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार खड्काका अनुसार घटनामा प्रहरी निरीक्षक तिवारीको प्रत्यक्ष संलग्नता नभएपनि उनकै कारमा रुम्बाको शव फेला परेको र परिवारले उनको नामसमेत जोडेर किटानी जाहेरी दिएकाले पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन ।  अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

ढोरपाटन (बागलुङ) । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ। सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि  ६५

प्राकृतिक विपदबाट भएको क्षतिको १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी

काठमाडौं ।  गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको