निजी भ्रमणका लागि श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा



काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । शनिबार बिहान ११ः५५ बजे काठमाडौँ अवतरण गरेका पूर्वराष्ट्रपति विक्रमासिङ्घे आजै अपराह्न लुम्बिनीका लागि प्रस्थान गरेका छन् ।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले गर्ने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन् ।

नेपाल–श्रीलङ्का सम्बन्ध

नेपाल र श्रीलङ्काबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास स्थापना गरेकामा सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरिएको थियो ।

यस्तै, काठमाडौँमा सन् १९९३ देखि श्रीलङ्काको आवासीय दूतावास रहेको छ । नेपाल र श्रीलङ्का दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुनाका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य पनि हुन् । दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान विचार प्रस्तुत गर्नाका साथै संयुक्त राष्ट्र, असङ्लग्न आन्दोलन र विश्व व्यापार सङ्गठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् ।

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलङ्काबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलङ्का सरकारले सहयोग गरिरहेको छ । श्रीलङ्काले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस्, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आन्तरिक र

प्रहरी प्रधान कार्यालयद्वारा अवकाश पाएका चार एआइजी र दुई डीआइजीको बिदाइ

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अवकाश पाएका चार एआइजी र दुई डीआइजीको बिदाइ

सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजारले गरे हवाई यात्रा

काठमाडौं ।  मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा वृद्धि

गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु, पाँच घाइते

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते