चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीलाई हात्ती सुन्दरीको उपाधि



भरतपुर । चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् ।

शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् ।

बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिएको तिवारीले जानकारी दिए। उनले नङ फुटेरनफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गरिएको बताए । सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ । नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनमा विराटनगरमा आजदेखि

निजी भ्रमणका लागि श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल भ्रमणमा आएका छन् । उनी

‘सडकमै खाऔं, सकडमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा सडक महोत्सव सुरु

पोखरा । ‘सडकमै खाऔं, सकडमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा शनिबारदेखि २६

हात्तीलाई बनभोज

चितवन सौराहामा  आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई