चिसोबाट जोगिन प्राधिकरणको अनुरोध



काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया हुने जनाएको छ ।

भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हात्तीलाई बनभोज

चितवन सौराहामा  आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई

दशरथ रङ्गशालामा त्रिविको ५० औँ दीक्षान्त समारोह, जहाँ भए १४ हजार विद्यार्थी दीक्षित(फोटोफिचर)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका

कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै अनाज खेती

गुलरिया । कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । संरक्षण

पचास/साठी करोडको सेक्युरिटी प्रिन्टिङ प्रेस मगाउँदा ७० करोड घूस चाहिने देशमा…

नारायण गाउँले । देशभर दर्जनौँ प्रेस छन् । दक्ष जनशक्ति छ । तर,