हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र



बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो ।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक रू एक करोड ५० लाखबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ ।

काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियानअन्तर्गत एक सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उनले दिए ।

यसैबीच, बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ । दुवै खोलामा पुल निर्माणका लागि रू पाँच करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरे पनि रू चार करोड ६७ लाखमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हात्तीलाई बनभोज

चितवन सौराहामा  आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको शनिबार तेस्रो दिन अवसरमा हात्तीलाई

दशरथ रङ्गशालामा त्रिविको ५० औँ दीक्षान्त समारोह, जहाँ भए १४ हजार विद्यार्थी दीक्षित(फोटोफिचर)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका

कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै अनाज खेती

गुलरिया । कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । संरक्षण

पचास/साठी करोडको सेक्युरिटी प्रिन्टिङ प्रेस मगाउँदा ७० करोड घूस चाहिने देशमा…

नारायण गाउँले । देशभर दर्जनौँ प्रेस छन् । दक्ष जनशक्ति छ । तर,