चार केजी गाँजा र तीन लाख नगदसहित झापामा एक युवती पक्राउ



झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।

बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गएराति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ ।

झापामा लागुऔषध कारोबार गरेको अभियोगमा शनिबार एकैदिन पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री

साई स्वागत सहकारीका पूर्वअध्यक्ष र कोषाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय 

  काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक