काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट श्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ



काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर नौ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा अवैध रुपमा हुण्डी कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा मंगलबार प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गाडी जाँच गर्दा ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंका राजकुमार माली, नयाँबानेश्वरका वर्ष १८ का आवाद सिंह, झापाका वर्ष २७ का युवराज सुवेदी र झापाकै वर्ष ३२ का प्रवेश कुमार पौडेल छन् । प्रहरीले उनीहरुको साथबाट एउटा कारसहित रकम उल्लेख गरिएका चेक थान ५ र पाँच थान मोबाइल बरामद गरेको जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ संसोधित १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने व्यवस्था विधेयकमा राख्न सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरुले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड

विद्युत प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त

जनकपुरलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठामाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा

साम्प्रदायिकतालाई निमिट्यान्न पार्न सरकार तत्पर छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि