पोखरामा पुस १३ देखि दोस्रो संस्करणको ड्रागन बोट रेस प्रतियोगितामा २० समूहको सहभागिता रहने



पोखरा । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको तयारी थालिएको छ । यही पुस १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद ५ हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले एक हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई ५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार दिइनेछ ।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ ।

दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ । यस वर्ष प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

प्रतियोगिताले नेपाल चीन दुईपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताए । नेपाल चिन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहाना रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पुस १३ देखि पोखराको लेकसाइडमा सडक महोत्सव हुने

काठमाडौँ । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही

लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउन

चितवन एनपीएलबाट बाहिरियो, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरको खेलमा कर्णाली याक्स विजयी भएको