अजिङ्गरको कथा



डा. गोविन्दशरण उपाध्याय ।
मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको यो कथा काल्पनिक हो तर कथा नै हो । पुरानो समयमा गण्डकी क्षेत्रमा एउटा राजाले राज्य गर्थे । मैदानतिर शिकार खेल्दै गर्दा उनले एउटा अजिङ्गरको बच्चा देखे । दया लाग्यो । आफैंसँग ल्याए आफैंसँग राखेर पालनपोषण गर्ने थाले ।

समय बित्यो । अजिङ्गर साच्चिकै ठूलो अजिङ्गर जस्तै भयो । राजा र अजिङ्गरका बीचमा मृग र भरतको झैं प्रेम बढ्यो । दूवै घण्टौं खेल्थे । समय वित्यो राजाले “मेरो साथी एक्क्लो भयो भनेर अरू पनि अजिङ्गरहरू मगाए ।सबै ठीक चलिरहेको थियो । एकदिन अचानक अजिङ्गरहरूले खान छोडे । झन् प्यारो अजिङ्गरले र केही पनि खान छोड्यो । वैद्य बोलाइयो । वैद्यले जाँच गरे केही पत्तो लागेन ।

अजिङ्गरले खान छोडेको कुरा राज्यभरी फैलियो । एक जना सर्वविज्ञले यो कुरा सुने । राजासँग भेट भयो । विज्ञले सोधे “के यी अजिङ्गरहरू तपाईंसँग र परिवारका अन्य सदस्यहरूसँग बढी मायालु व्यबहार गरिरहेका छन् ? के सामान्य समयको तुलनामा यिनले तपाईंको शरीरमा बेरिने, धेरैबेर झुण्डिने गरिरहेका छन् ? राजाले अचम्म पर्दै भने “हो, यिनीहरू भोकै बस्न थालेपछि हाम्रो शरीरसँग, हामीसँग निकै नजिक भएका छन् ।

सर्प विज्ञले भने “महाराज ! सावधान रहनु होला । अजिङ्गरहरू यस्तै हुन्छन् । भोकै बसेर, माया देखाएर तपाईंको र तपाईंका परिवारको शरीरमा बेरिंदै छन् भने तपाईं सावधान रहनु होला । यी अजिङ्गरहरूले भोकै बसेर आफ्नो पेट खाली गर्दैछन् । अनि, एकदिन तपाईंहरू गहिरो निद वा यिनको मायाको मोहनी परेको बेलामा तपाईंको जिउलाई बेरेर सिङ्गै निल्नेछन् । अहिले भोकै बसेर, मित्रता देखाएर तपाईंहरूको नापो लिंदैछन् ।

राजाले सर्पविज्ञको कुरा नसुनेझैं गरिदिए । अनि, डिसेम्बर महिनाको २५ तारिखको दिउँसो १२ राजा र राजपरिवारका सम्पूर्ण सदस्यहरू ती अजिङ्गरसँग खेलिरहेको बेला, अजिङ्गरहरूले राजपरिवारका सबै सदस्यहरूलाई सिङ्गै निले र त्यो राज्यमा आफ्नो अधिकार जमाए ।
…………………………………………
वैदिक सनातन संस्कृतिको उद्गमस्थल नेपाल र यहाँका वैदिकहरू, जैनहरू, बौद्धहरू र अन्य रैथानेहरू आजको मितिमा अनेकौं अजिङ्गरहरूको प्रेममा परेका छन् । ती अजिङ्गरहरूलाई स्वागत गरिरहेका छन् । मेरो मन ज्यादै त्रसित छः सायद मेरो कुरा नसुन्ने र नबुझ्नेहरूले वा वेवास्ता गर्नेहरूले राजा र राजपरिवारको अविगत भोग्ने दिन टाढा छैनन् !!!
अजिङ्गर को हुन् ? कहाँ बाट आए वा ल्याइएका हुन् ? मैले यी दुई प्रश्न पाठकका लागि छोडें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको

चार केजी गाँजा र तीन लाख नगदसहित झापामा एक युवती पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया

बाढीपहिरोले क्षति पुर्याउँदा बागमतीमा धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास

बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत